चन्द्रपुर सवारी दुर्घटना : मृतकका परिवारले टायर बालेर गरे प्रदर्शन

डिसी नेपाल
२० मंसिर २०८२ १६:११
20
Shares

रौतहट । रौतहटमा भएको सवारी दुर्घटनामा मृत्यु भएका परिवार तथा आफन्तले चन्द्रनिगाहपुर चोकमा प्रदर्शन गरेका छन्।

उनीहरूले शनिबार पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुर चोकमा टायर बालेर प्रदर्शन गरेका हुन्। सो सडकखण्ड भएर गुड्ने लामो तथा छोटो दुरीका सवारी साधन रोकिएका थिए।

राजमार्ग खुलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप भएको छ। झडपपछि प्रहरीले प्रदर्शनकारीहरूलाई भगाएर राजमार्ग सुचारु गरेको हो।

हिजो साँझ चन्द्रपुर नगरपालिका वार्ड नम्बर ६ मोथिहायी पुल नजिकै बसको ठक्करबाट ज्यान गुमाएका मोटरसाइकल चालक रौतहट वृन्दावन नगरपालिका वडा नम्बर २ बिश्रामपुर बस्ने ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको थियो।

दुर्घटनामा १२ वर्षीय युवराज पटेल, ११ वर्षीया आकृति पटेल र १५ वर्षीय छोरा प्रिन्स कुमार पटेल घाइते भएको र अहिले उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

गौरबाट चपुरतर्फ आउँदै गरेको ना ४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको र दुवै सवारी साधन र बस चालक इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको डीएसपी रुपा लाबुङले बताइन्।

अहिले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर सडक खण्डमा कुनै अवरोध नरहेको र निर्वाध रुपमा सवारी आवागमन भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहट ले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.