गजलकार वसन्त वलीको ‘बानी परेछ तिम्रो’ सार्वजनिक

डिसी नेपाल
२० मंसिर २०८२ १६:३६
32
Shares

काठमाडौं । नेपाली भाषा र साहित्यमा अभिरुचि भएका गजलकार गजल बसन्त वली बसन्तीको बानी परेछ तिम्रो गीत गजल सार्वजिक भएको छ।

नेपाली साहित्यमा कलम चलाउने गजलकारहरूले यतिबेला गजललाई संगीत भरेर बजारमा ल्याउने प्रचलन बढेको समयमा ‘बानी परेछ तिम्रो’ गजल अहिले रिल र टिकटकमा भाइरल बनेको छ। उक्त गीत गजलकार बसन्त वली बसन्ती युट्युब च्यानलमार्फत बजारमा आएको हो।

सार्वजनिक गरिएको भिडियोमा एक समय भाइरल बनेकी गायीका बिशाखा शाही ठकुरी,चर्चित गायक सुभाष तिमसिना र बसन्त वली बसन्ती स्वयमको आवाज रहेको छ।

चर्चित गीतकार लेखराज गिरी र बसन्त वली बसन्तीको संगीत रहेको म्युजिक भिडियोमा गजलकार वली स्वयमले अभिनय गरेका छ्न्। झग्गु भण्डारीको निर्देशनमा रहेको गजलमा गजलकारले नै कथा/परिकल्पना गरेका हुन्। एक समय देश चिनाउने सपना देखेर फुटबलमा होमिएका दाङ घर भइ हाल नेपाली सेनामा कार्यरत वली फुटबलर पनि हुन्।

बानी परेछ तिम्रो गजल बोई गजलसङ्ग्रहमा संग्रहित गजल हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.