चालिसेमा ६ सवारी आपसमा ठोक्किएर दुर्घटना
धुनिबेसीमा सवारी दुर्घटना
मलेखु (धादिङ), २० मङ्सिरः
पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा शनिबार दुर्घटनामा परेका सवारीसाधन । स्कुल बससहित चार वटा बस, दुई वटा ट्रक र एउटा मोटरसाइकलगरी सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन् । तस्बिर : शंकर श्रेष्ठ/रासस
काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका–६ स्थित चालिसेमा ६ सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ।
दुर्घटनामा परेर केही मानवीय क्षतिसमेत भएको हुनसक्ने इलाका प्रहरी कार्यालय खानिखोलाले जनाएको छ। अहिले उद्धारको कार्य जारी रहेकाले थप विवरण आउन बाँकि रहेको प्रहरीको भनाइ छ।
एउटा स्कुल बस, तीनवटा यात्रुवाहक बस, डिब्बा गाडी, ट्रक र मोटरसाइकल गरी ६ वटा सवारी साधन एक आपसमा ठोक्किएका हुन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment