महाधिवेशन केन्द्रित काठमाडौंमा एमालेका दुई छुट्टाछुट्टै कार्यक्रम
काठमाडौं । नेकपा एमालेले ११औं महाधिवेशन केन्द्रित कार्यक्रमलाई तीव्रता दिएको छ। नेताहरूले छुट्टाछुट्टै भेला छलफल तथा अन्तरसम्वादलाई तीव्रता दिइरहेका छन्।
एमालेका आज काठमाडौंमा महाधिवेशन केन्द्रित दुई वटा कार्यक्रम हुँदैछ। प्रेस चौतारी नेपालमा दिउँसो २ बजे नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा नेकपा (एमाले)का सचिव लेखराज भट्टसँग संवाद हुँदैछ।
यस्तै, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेतृ विन्दा पाण्डेसहितका महिला नेताहरूले होटल हार्दिकमा दिउँसो १ बजे अन्तरसम्वाद गर्दैछन्। रचना खड्का, उषा किरण तिम्सिनालगायतका नेतृतले पनि पार्टी महाधिवेशन र नेतृत्वबारे अन्तरसम्वाद गर्ने कार्यक्रम रहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment