सशस्त्र र नेपाल प्रहरीका आईजीपीको बयान लिँदै जाँचबुझ आयोग

डिसी नेपाल
२३ मंसिर २०८२ १२:०८
124
Shares

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएको दमन तथा हिंसात्मक घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आजदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूको बयान तयारी गरेको छ।

स्रोतका अनुसार मंगलबारदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग बयान लिइने र लगत्तै नेपाल प्रहरीका आईजी दानबहादुर कार्कीसँग पनि सोधपुछ गरिने आयोगको तयारी रहेको हो।

हालका आईजीपी कार्की उक्त प्रदर्शनका समयमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख (एआईजी) थिए। उनीसँग सोही भूमिकाका बारेमा आयोगले बयान लिने तयारी गरेको हो।

प्रहरी प्रमुखको भूमिकाका बारेमा भने आयोगले तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङको बयान लिइसकेको छ।

गएको भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा ७६ जनाको मृत्यु भएको थियो। जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.