महाधिवेशनमा १६ दललाई एमालेको निम्तो

डिसी नेपाल
२३ मंसिर २०८२ १२:२२
2.5k
Shares

काठमाडौं । नेकपा एमालेले ११औं महाधिवेशनमा विभिन्न १६ वटा राजनीतिक दललाई आमन्त्रण गरेको छ।

एमालेले नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), मजदुर किसान पार्टी (नेमकिपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल, राष्ट्रिय जनमोर्चालाई निम्ता दिएको छ।

यस्तै जनमत पार्टी, परिवार दल, नेकपा माले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी र नागरिक उन्मुक्ति पार्टीलाई पनि आमन्त्रण गरिएको छ।

अतिथि सत्कार समितिले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन १६ दलका प्रमुख नेताहरूलाई आमन्त्रण गरेको अतिथि सत्कार समिति सदस्य सुनिता बरालले जानकारी दिएकी छन्। एमालेले महाधिवेशनको तयारीलाई तिव्रता दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.