काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन (तस्बिरसहित)
काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ। राजा, राजनीतिक दल र जेनजीकाबीच नवीन समझदारीका लागि दबाव दिने उद्देश्यका साथ राप्रपाले मंगलबार काठमाडौंको रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरुले राजसंस्था, हिन्दु राष्ट्रको पक्षमा नारा लगाएका थिए।
राप्रपाले आम निर्वाचन अगावै कसैले नजित्ने, कसैले नहार्ने देशले जित्ने नवीन समझदारी हुनुपर्नेमा जोड दिँदै आएको छ। त्यसका लागि राप्रपाले राजा, राजनीतिक दल र जेनजी लगायतको सर्वपक्षीय सम्मेलन आह्वानको माग समेत गरेको छ।
राप्रपाले विदेशमा बस्ने नेपालीको मतदान गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने, जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको माग पूरा गर्नुपर्ने जनाएको छ।












No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment