जेनजी आन्दोलन सुशीला कार्कीलाई सडकबाट टिपेर सिंहदरबारमा राख्नका लागि थिएन : लिङ्देन

डिसी नेपाल
२३ मंसिर २०८२ १६:२९
36
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलन केपी शर्मा ओलीलाई हटाउन मात्र होइन देशमा आमूल परिवर्तनको लागि भएको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित राप्रपाको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलन सुशीला कार्कीलाई सिंहदरबार राख्नको लागि मात्र होइन देशमा सुशासन र शान्ति स्थायित्वको सुनिश्चितता गर्नको लागि भएको बताए।

उनले भने, ‘जनताको आक्रोश केवल त्यसबेलाका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर सुशीला कार्कीलाई सडकबाट टिपेर सिंहदरबार राख्नको लागि मात्र भएको थिएन्। यो व्यवस्थामा नमिलेका कुराहरु परिवर्तन गर्न, देशमा सुशासनको सुनिश्चितता गर्न, शान्ति स्थायित्वको सुनिश्चितता गर्न र देशभित्रै युवाहरुले गरि खाने वातावरण निर्माण गर्नको लागि थियो। आमूल परिवर्तनको लागि त्यो विध्वंश भएको थियो।’

साथै, उनले कसैले जनताको आक्रोश सम्बोधन गर्न चुनाव गराउने र मुलुकलाई अगाडि लैजाने भन्ने सोचेको छ भने त्यो भ्रम मात्र हुने जिकिर गरे। उनले जेनजी आन्दोलनको मागलाई सम्बोधन गर्ने हिसाबले मात्र निर्वाचनमा जानुपर्ने बताए।

यस्तै, उनले राजा र राजनीतिक दलहरुका बीचमा एउटा नयाँ समझदारी गरेर अगाडि बढेर देशलाई दुर्घटनाबाट जोगाउ भनेर भन्दा राजनीतिक दलहरुले हाँसो ठट्टामा उडाएको बताए।

उनले भने, ‘राजा र राजनीतिक दलहरुका बीचमा एउटा नयाँ समझदारी गरेर अगाडि जाउ र देशलाई दुर्घटनाबाट जोगाउ भनेर भन्यौं। तर राजनीतिक दलहरुले हाँसो ठट्टामा उडाए। सोचेको जस्तो देशको अवस्था छैन्, तपाईहरु सच्चिनु हुन्न्, सुध्रिनु हुन्न् भने भाग्नुपर्ने दिन आउछ है भनेर भनेका थियौं। त्यसलाई त झन् मजामा उठाइयो। हामीले कसैलाई रिस गरेर भनेका थिएनौं।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *