प्रधानमन्त्रीसँग सुदन गुरुङको भेट, जेनजीसँग हुने सम्झौताबारे चासो

डिसी नेपाल
२३ मंसिर २०८२ १८:००
64
Shares

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले आज भेट गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

जेनजी आन्दोलनलाई वैधता दिनेगरी सम्झौताको प्रक्रिया चाँडो टुङ्ग्याउनुपर्ने र राष्ट्रपतिसमक्ष  हस्ताक्षर गर्नुपर्ने उनको भनाइ थियो।

यस्तै उनले आन्दोलनमा गएकै कारण कतिपय युवालाई प्रहरीले धरपकड गरेको, धरौटी तिर्ने रकम नभएर पनि पुर्पक्षका लागि थुनामा जानुपरेको गुनासो गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *