बिहीबार कस्तो रहला देशभरको मौसम?
काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएको जानकारी दिएको छ।
जसका कारण आज देशभरको मौसम मुख्यतया सफा नै रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम सफा रहनेछ।
आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment