फिल्म ‘तलाश’ फागुनमा रिलिज हुने
काठमाडौं। विश्व शान्ति फिल्म्स प्रालिले निर्माण गरेको फिल्म ‘तलाश’ फागुनमा रिलिज हुने भएको छ। हस्त लिबाङको डेब्यू निर्देशकीय फिल्म मोरङ, धरान, इलाम र काठमाडौंमा छायांकन गरिएको छ।
निर्देशक लिबाङले समाजमा रहस्यमय तरिकाले घटने आपराधिक घटनाहरुसँग सम्बन्धित कथालाई फिल्ममा देखाइएको बताए । उनले फागुनमा रिलिज हुने भनिए पनि कुन मितीमा रिलिज हुने भन्ने बारे आन्तरिक छलफलमा रहेको जानकारी दिए ।
फिल्ममा एलिना बाँस्कोटा, राजकुमार लिङदेन, सोम लामा, बिमला खजुम, हस्त लिबाङ, अन्जिता नेम्वाङ, दिलिप ठकुरी, अजय खडका, मुकेश कालिकोटे, दावा मिङमार शेर्पा, पुन्य ओझा, सागर केरुङ, विमल ढुङ्गेल, बिक्रम धिमाल, प्रिति योगि, कल्याण राई, विश्व मुखिया लगायतको अभिनय छ ।
फिल्ममा रोशन वान्तवा राई र उदय नेम्बाङको संगित, स्मिता दाहाल, मेलिना राई, उदय नेम्वाङ, दिनेश लिङदेन, यदु राई लकाल्द्री र रोशन सुवेदीको स्वर, दिनेश माङमुको नृत्य, विक्रम डिसीको छायांकन, पुन्य ओझाको द्वन्द्ध छ । फिल्मको कथा तथा निर्देशन सल्लाहकार दिनेश लिङदेन हुन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment