दिपक शर्मा र नरेन्द्र बियोगीको सहकार्यमा परेली
काठमाडौं । पर्ख पर्ख मायालु, पिरिम नलाउने जस्ता हिट गीत दिएका संगीतकार हुन् दीपक शर्मा । त्यस्तै सोही गीतका एरेन्जर हुन् नरेन्द्र बियोगी ।
कैयौँ चर्चित गीतमा सहकार्य गरेका शर्मा र वियोगीले विभिन्न एल्बममा पनि सहकार्य गरेका छन्। यसअघि एल्बम उकाली ओरालीमा सहकार्य गरेका शर्मा र वियोगीले हालै पेरेली एल्बममा पनि सहकार्य गरेका छन्।
गीतकार तथा निर्देशक डा.सुबोध कुमार पोखरेलको गीति एल्बम ‘परेली’मा ६ वटा गीत समाबेश छन्। परेली एल्बममा संगीतकार शर्मा र एरेन्जर बियोगीको एकल संगीत र एरेन्ज रहेको छ।
जुन गीतको एल्बम हालै काठमाडौंमा आयोजित एक कार्यक्रममा बिमोचन गरिएको छ। एल्बमको शिर्ष गीतमा डा. पोखरेलको गीत, दिपक शर्माको संगीत र शिव परियारको स्वर रहेको छ।
भिडियोमा बद्री प्रसाद तिवारी र रिस्ता बस्नेत फिचर्ड छन्। डा. पोखरेलको निर्देशन रहेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका छन्।
माता मनकामना फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण गीतलाई निरु पोखरेलले प्रस्तुत गरेका हुन्। ‘परेली’एल्बममा समाबेश ‘भगाएर लाने भए’बोलको गीत केही दिन अघि डिजिटल बजारमा सार्वजनिक गरिसकिएको छ। रचना रिमालको स्वर रेकर्ड उक्त गीतले १० लाख प्लस भ्यूज पाइसकेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment