एमाले महाधिवेशनका प्रतिनिधिहरु भन्छन्- पार्टी रुपान्तरण हुनुपर्छ, सबैलाई समेट्नुपर्छ

डिसी नेपाल
१ पुष २०८२ २०:०३
68
Shares

काठमाडौं। नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ। नयाँ नेतृत्व चयनका लागि निर्वाचनको प्रक्रिया अगाडि बढिसकेको छ। विद्युतीय मतदान उपकरणमार्फत मतदानको अन्तिम तयारी भइरहेको छ।

एमालेको भावी नेतृत्वका लागि केपी शर्मा ओली र इश्वर पोखरेलको अलग अलग प्यानल बनेकाले प्रतिनिधिहरु आफ्ना नेतालाई भोट माग्न व्यस्त देखिन्छ। अध्यक्षका उम्मेदवार ओली र पोखरेलका पक्ष एवम विपक्षमा नारावाजी लगाउँदै मत माग्नेहरुको भीड देखिन्छ। २२६३ प्रतिनिधि रहेको महाधिवेशनमा एक पटकमा ८० जनाले विभिन्न विद्युतीय उपकरणमा मतदान गर्ने व्यवस्था मिलाइएको छ। माहोल उत्साहजन देखिन्छ।

संभवत आज साँझ ७ बजेदेखि राति १ बजेसम्म ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने अनुमान गरिएको छ। नेपाल न्यूज बैंकसँगको कुराकानीमा अधिकांश प्रतिनिधि एवम शुभेच्छुकहरुले एमालेभित्र रुपान्तरण खोजेको प्रतिक्रिया दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *