नेपालीको हिम्मत र साहस विश्वमै अनुपम छः सञ्चारमन्त्री खरेल

डिसी नेपाल
१ पुष २०८२ २०:१२
32
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विभिन्न क्षेत्रमा नेपालीले विश्व कीर्तिमान कायम गर्ने हिम्मत र साहस विश्वकै अनुपम रहेको बताएका छन्।

आजदेखि सुरु भएको ‘१०० घण्टा निरन्तर टेलिभिजन संवाद’ (नन–स्टप म्याराथन टिभी टक शो) को उद्घाटन गर्दै उनले नेपालीले विभिन्न क्षेत्रमा कायम गरेको विश्व कीर्तिमानले नेपालको पहिचान र स्वाभिमान विश्वभर छाएको बताए।

युवा पत्रकार गौरव पौडेलले गिनिज बुकमा नाम दर्ज गर्ने उद्देश्यले पहिलो पटक कमलादीस्थित ‘स्काइवाक टावर’ बाट १०० घण्टा लामो संवाद सञ्चालन गरेका हुन्। प्राइम टेलिभिजनमार्फत प्रसारण हुने संवाद कार्यक्रमको उद्घाटनसँगै सञ्चारमन्त्री खरेलले पहिलो वक्ताको रूपमा अन्तर्वार्ता दिएका छन्। त्यस क्रममा उनले पौडेललाई सफलताका लागि शुभकामना दिए।

मन्त्री खरेलले भने, ‘नेपालीसँग जन्मजातै क्षमता छ, हामी असाध्यै सहनशील छौँ, सहनसक्ने क्षमता पनि छ । नेपालीले कतिपय विश्वविख्यात काम गर्ने हिम्मत र साहस गर्न सक्छन्, त्यसैले त तेञ्जिङ नोर्गे शेर्पा र पासाङल्हामु शेर्पाले सगरमाथा चढेको रेकर्ड छ ।‘

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले सञ्चारकर्ममा रहँदा ६२ घण्टा निरन्तर अन्तर्वार्ता लिएर गिनिजबुक अफ वल्र्ड रेकर्ड बनाएका थिए।

पत्रकार ऋषि धमला र अभियान्ता दुर्गा प्रसाईंले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे। निरन्तर टेलिभिजन संवाद कार्यक्रमका सञ्चालक गौरव पौडेलले युवाहरूको सोच, क्षमता र सिर्जनशीलतालाई अन्तरराष्ट्रिय मञ्चमा उजागर गर्दै नेपाललाई विश्वसामु चिनाउने उद्देश्यले कार्यक्रम गरिएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *