वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने कपिलवस्तुको शिवराज नगरपालिका-५ घर भएका ५४ वर्षीय पवित्र प्रकाश अधिकारी, काठमाडौं महानगरपालिका-३२ बस्ने भोजपुरको षडानन्द नगरपालिका-१२ घर भएकी ३३ वर्षीया बबिता विश्वकर्मा र काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने भक्तपुरको चाँगुनारायण नगरपालिका-९ घर भएका २५ वर्षीय साइरज सुवेदी रहेका छन्।
पक्राउ मध्ये पबित्रले अल्बानिया पठाइदिन्छु भन्दै ४ जना पीडितबाट १९ लाख रुपैयाँ, बबिताले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १९ लाख रुपैयाँ र साईरजले अमेरिका पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ११ लाख १४ हजार ५ सय रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्दै पीडितहरूको उजुरी दिएका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पवित्र र बबितालाई काठमाडौं महानगरपालिका-३२ बाट तथा साइरजलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बाट पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।







डिसी नेपाल








Facebook Comment