प्रवासी श्रमिकको मताधिकार र सामाजिक सुरक्षाको मागसहित ट्रेड युनियन कांग्रेसको र्याली
काठमाडौं । सन १९९० मा संयुक्त राष्ट्र संघले आप्रवासी श्रमिकहरुको हक, अधिकारका लागि अन्र्तराष्ट्रिय कानुन पास गरेपछि विश्वव्यापी रुपमा आप्रवासन दिवस मनाउन थाले पश्चात विभिन्न देशहरुले सो अवसरमा उनीहरुका अधिकारका लागि विविध प्रकारका कार्यक्रम हरु मनाउन थालिएको छ ।
सो अवसरमा नेपालमा पनि यस वर्ष नेपाल सरकारले ‘श्रम आप्रवासनको चक्रमा सुशासन, सुरक्षित मर्यादित सिपयुक्त आप्रवासन’ भन्ने मुल नाराका साथ डिसेम्बर १८ बाट एक हप्ते कार्यक्रमहरु आयोजना गर्ने तय गरे अनुरुप नेपाल ट्रेड युनियन कांगे्रस, वैदेशिक रोजगार सेलले पनि आज माईतिघर मण्डलाबाट ¥याली गर्दै नयाँ बानेश्वरमा सडक सम्वाद कार्यक्रमको आयोजना गरेर मनाएको छ ।
सो अवसरमा कार्यथलो बाट श्रमिकहरुलाई मताधिकार , प्रवासी श्रमिक तथा आश्रित परिवारलाई सामजिक सुरक्षाको व्यवस्था , स्वदेशमै मर्यादित रोजगारी को व्यवस्था, वैदेशिका रोजगारीलाई मर्यादित र सुरक्षित रोजगारी बनाउने , प्रवासी श्रमिकहरुलाई सामाजिक सुरक्षा नियमित गर्ने , रिटर्नी श्रमिकहरुको सिप तथा अनुभवलाई सदुपयोग गर्ने लगायतको नाराहरु सहित ट्रेड युनियन कांगे्रसले रयाली सहित सडक सम्वाद कार्यक्रम सम्पन्न गरेको छ ।
सडक सम्वाद कार्यक्रमका प्रमुख अतिथी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले नेपाल सरकारले सकारात्मक तवरले प्रवासी श्रमिकहरुको हक अधिकारका लागि नितीगत काम हरु गरिरहेको , उनीहरुको मर्यादित र सुरक्षित रोजगारीका लागि पनि मन्त्रालय क्रियाशिल रहेको र ट्रेड युनियन कांगे्रस जस्ता संस्थाहरु संग हातेमालो गर्दै प्रवासी श्रमिकहरुका अधिकारका लागि काम गर्न मन्त्रालय सदैव तयार रहेको समेत बताए ।
वैदेशिक रोजगारमा जाने श्रमिकहरु गन्त्वय मुलुकमा जान उनीहरु ठगिन नपरोस भनेस मन्त्रालय सदैव सचेत रहेको र त्यसका लागि मन्त्रालयले त्यसबारे सुक्ष्म तवरले काम गरिरहेको समेत बताए ।
सोही सम्वाद कार्यक्रममा नेपाल ट्रेड युनियन कांगे्रसका अध्यक्ष योगेन्द्र कुवँरले आप्रवासी श्रमिकहरुको अधिकारका लागि यस संस्थाले प्रत्येक वर्ष यस प्रकारको कार्यक्रमहरु गर्दै आई रहेको र तत्कालीन सरकारले गत चैत्रमा पनि वैदेशीक रोजगारमा जाने श्रमिकहरुको स्वस्थ्य चेकअपमा बढाईएको शुल्क बारे विरोध गरेको र हाल पनि बढाएकोमा ट्रेड युनियन कांगे्रसले विरोध जनाएको र हिजो मात्र मन्त्रिी स्तरीय निर्णयानुसार सो बढाउन लागिएको निणर््ाय खारेज गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment