‘सरकारले प्रवासी श्रमिकको हकअधिकारका लागि काम गरिरहेको छ’

डिसी नेपाल
५ पुष २०८२ २०:५१
44
Shares

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा कृष्णहरि पुस्करले सरकारले प्रवासी श्रमिकको हक, अधिकारका लागि काम गरिरहेको बताएका छन्।

नेपाल ट्रेड युनियन कांग्रेस र वैदेशिक रोजगार विभागले विश्व आप्रवासन दिवसका अवसरमा आज आयोजना गरेको पदयात्रा तथा सडक संवाद कार्यक्रममा उनले सरकारले सकारात्मक योजनासहित प्रवासी श्रमिकको हकअधिकारका लागि नीतिगत काम गरिरहेको बताए।

उनले श्रमिकलाई मर्यादित र सुरक्षित रोजगारीका लागि सरकारले नीतिगत रूपमा सुधारका काम गरिरहेको उल्लेख गरे। सचिव डा पुस्करले वैदेशिक रोजगारमा जाने श्रमिकहरू गन्तव्य मुलुकमा जाँदा ठगिन नपरोस् भन्नेमा मन्त्रालय सधैँ सचेत रहेको स्पष्ट पारे।

नेपाल ट्रेड युनियन कांगे्रसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि स्वास्थ्य चेकजाँचमा शुल्क बढाएकोप्रति आपत्ति जनाए। आप्रवासी श्रमिकहरूको अधिकारका लागि संस्थाले प्रत्येक वर्ष यस्ता कार्यक्रम गर्दै आइरहेको उनको भनाइ छ।

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्धारिका उप्रेती, सार्क ट्रेड युनियनका महासचिव लक्ष्मण बस्नेतलगायतले प्रवासी श्रमिकका अधिकारको रक्षाका लागि सबै लाग्नुपर्ने बताएका थिए।

वैदेशिक रोजगार विभागका प्रमुख एवं नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले आप्रवासी श्रमिकको हक र अधिकारका लागि ट्रेड युनियन कांग्रेस सधैँ प्रतिबद्ध रहेको बताए। करिब ७६ लाख नेपाली आप्रवासी श्रमिकका रूपमा कार्यरत रहेका जनाउँदै उहाँले नेपालको अर्थतन्त्रमा करिब ३० प्रतिशत उहाँहरूको योगदान रहेको उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.