दार्चुलामा भूकम्पको धक्का
खलङ्गा (दार्चुला) । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ।
जिल्लाको शैल्यशिखर नगरपालिका–७ बोहरीगाउँ केन्द्रविन्दु भएर तीन दशमलव चार रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
पछिल्लो समय पश्चिम क्षेत्रमा बेला बेला भूकम्प गइरहको छ। आजको भूकम्पबाट हालसम्म क्षतिबारे कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment