गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
काठमाडौं । सुनका गरगहना चोरी गरी बिक्री गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त बालाजुको टोलीले तारकेश्वर नगरपालिका–४ माछापुच्छ्रे टोलस्थित एक व्यक्तिको डेराबाट सुनका गरगहना चोरी गर्ने तथा बिक्री गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका घर भई काठमाडौँको नयाँबसपार्क बस्ने २४ वर्षीय अशोक क्षेत्री र रसुवाको नौकुण्ड गाउँपालिलिका–१ घर भई काठमाडौँको नयाँबजार बस्ने ३६ वर्षीय रामकृष्ण विक रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सुनको गरगहना चोरीमा क्षेत्री र बेचबिखनमा विक सङ्लग्न रहेको अनुसन्धानका क्रममा खुलेको जानकारी दिए।
प्रहरीले पक्राउ परेका क्षेत्रीको साथबाट रेडमी मोबाइल एक थान, आइफोन चार थान, फलामको छिनो एक थान र अमेरिकी डलरसमेत बरामद गरेको छ।
यस्तै, विकसँग सुनको ब्रासलेट एक थान, औँठी एक थान, नथी एक थान, तिलहरि एक थान, सिक्री एक थान, पाउजू एक थान, बाला एक थानलगायतका गरगहना बरामद गरेको छ। पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment