दीपेन्द्र अग्रवाल प्रहरी हिरासतभित्रै ‘अनसन’मा

डिसी नेपाल
७ पुष २०८२ २०:१७

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको उजूरीको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले पक्राउ गरि हिरासतमा राखेको सेयर कारोबारी दीपेन्द्र अग्रवालले हिरासतभित्रै अनसनमा बसेका छन्। सीआईबीले गत शुक्रबार पक्राउ गरेसँगै उनी अनसनमा बसेका हुन्।

उनलाई नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार दिपेन्द्र अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर खरिद गरी धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९७(ग) बमोजिम झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरी उच्च मुल्यमा शेयर बिक्री गरी करिब ४९ लाख १९ हजार ८६५ रुपैयाँ ९० पैसा कानून विपरित नाफा आर्जन गरेको आरोप छ।

त्यस्तै, उनले टिएमएस युजर प्रयोग गरी आपसी खरिद बिक्रि तथा आफन्त सम्वद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको तथा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मुल्य कृतिम रुपमा बढाएको देखिएको आरोप सिआईबीले लगाएको छ।

तीन दिनदेखि अनसनरत उनको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ पारिवारिक स्रोतले बताएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठका अनुसार अग्रवालले पक्राउ परेका दिनदेखि नै खाना खाएका छैनन्। यद्यपी, पानी भने पिउने गरेका छन्। सोमबार उनको स्वास्थ्य जाँच गर्दा स्वास्थ्य अवस्था सामान्य देखिएको उनले जानकारी दिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *