राज्यले थारुहरूलाई नेपाली ठानेन, म नेपाली हुनै सकिन : रेशम चौधरी

डिसी नेपाल
८ पुष २०८२ १८:५१
32
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले सरकारले थारुलाई नेपाली भन्न सक्नुपर्ने बताएका छन्। सरकारकै कारण आफू नेपाली हुन पनि नसकेको गुनासो गरे।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले सदियौँदेखि एउटै वर्ग र समूहले हालीमुहाली गरेको साथै थारुहरुलाई नेपाली हुनै नदिएको उनको गुनासो छ।

टीकापुर विद्रोहबारे सरकारलाई राम्रो जानकारी भएको एवम पटकपटक प्रधानमन्त्री बनेका ठूला दलका नेताहरु राम्रोसँग जानकार रहे पनि आफूहरूलाई नेपाली हुनबाट बन्चित गरेको उनको भनाइ थियो। जेनजी आन्दोलनको मर्म र महत्त्व बुझ्दै फागुन २१ को निर्वाचनमा सबै सहभागी हुनुपर्ने उनको धारणा छ।

थारुहरु राज्यको कार्यकारी भूमिकामा पुग्न नसक्नुको कारण राज्यको सोच गलत भएको उनले बताए। देशमा ठूला आन्दोलन भए पनि नागरिकले न्याय नपाएको भन्दै उनले सरकारले थारुलाई नेपाली भन्न सक्नुपर्ने दाबी गरे।

त्यस्तै कार्यक्रममा जेनजी २.० समुहका संरक्षक डा.हरि कार्कीले आफूहरु नागरिक उन्मुक्ति पार्टीमा आवद्ध हुन पहिले देखि नै आतुर रहेको बताए।

आजै जेनजी २.० समुह नागरिक उन्मुक्ति पार्टी नेपालमा समावेश भएको छ।

पार्टीका अध्यक्ष चौधरी र समुहका संरक्षक डा.हरि कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.