लबिम मल झिलिमिली, क्रिसमस पूर्वसन्ध्या उत्सवमय
ललितपुर । क्रिसमस डेको अघिल्लो दिन (हिजो) ललितपुरस्थित लबिम मल झिलिमिली उज्यालो र रंगीन सजावटले भरियो। मल परिसरमा बालबालिका, युवा र परिवारसहित सर्वसाधारणको भीड लागेको थियो।
खेलौना, उपहार र सजावटी सामग्री बिक्री गर्ने स्टलहरूमा ग्राहकको चहलपहल देखिन्थ्यो। मानिसहरू फोटो–भिडियो खिच्दै उत्सवको मजा लिँदै थिए।
मल वरिपरि सडकमा सवारी चाप बढ्दा केही समय सवारी जामको अवस्था पनि देखियो। ट्राफिक प्रहरीले व्यवस्थापनमा खटिएको थियो।
नेपालमा क्रिसमस पर्व धार्मिक मात्र नभई सांस्कृतिक उत्सवको रूपमा पनि मनाइन्छ। हिजो लबिम मलको झिलिमिली दृश्यले यस वर्षको क्रिसमस पूर्वसन्ध्यालाई विशेष बनाएको छ।










प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment