‘ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर’
लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर भएका बताएका छन् । ज्येष्ठ नागरिकको सम्मान, सुरक्षा र सुखद जीवन सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको उनले बताए।
राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ का अवसरमा मुख्यमन्त्री आचार्यले शुभकामना सन्देशमा ज्येष्ठ नागरिकले दिएको अनुभव, ज्ञान र योगदानकै कारण समाज अघि बढेको उल्लेख गरेका छन्। उनले लुम्बिनी प्रदेश सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा, हक र अधिकारको संरक्षणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट परेका छन्। प्रदेश सरकारले ज्येष्ठ नागरिकको निरोगितालाई ध्यानमा राख्दै घरघरमै पुगेर निःशुल्क स्वास्थ्य जाँच कार्यक्रम सञ्चालन गरिरहेको मुख्यमन्त्री आचार्यले उल्लेख गरे।
“ज्येष्ठ नागरिकका लागि घरमै पुगेर उपचार सेवा उपलब्ध गराइँदै आएको छ । यसबाट ज्येष्ठ नागरिकलाई अस्पताल धाउनुपर्ने बाध्यता कम हुनुका साथै समयमै उपचार पाउन सहयोग पुगेको छ”, मुख्यमन्त्री आचार्यको शुभकामना सन्देशमा उल्लेख छ ।
आगामी दिनमा पनि ज्येष्ठ नागरिकको जीवनस्तर सुधार, स्वास्थ्य सेवा विस्तार र सामाजिक सुरक्षाका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने मुख्यमन्त्री आचार्यले बताएका छन्। साथै उनले परिवार, समाज र राज्य सबैले ज्येष्ठ नागरिकप्रति सम्मान र सद्भाव प्रकट गर्नुपर्नेमा जोड दिएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment