कांग्रेसले समानुपातिक बन्दसूची निर्वाचन आयोगमा बुझायो

डिसी नेपाल
१४ पुष २०८२ १७:३३
22.1k
Shares

काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ।

निर्वाचन आयोगले समानुपातिक बन्दसूची बुझाउने समयसीमा सोमबारसम्म तोकेको थियो। सोही समयसीमाअन्तर्गत कांग्रेसका नेता मीनबहादुर विश्वकर्मालगायत पार्टी प्रतिनिधि आयोग पुगेका हुन्।

यसअघि आजै बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले सातै प्रदेशबाट प्राप्त समानुपातिकतर्फको बन्दसूची अनुमोदन गरेको थियो। अनुमोदनपछि पार्टीले आयोगमा सूची दर्ता गराएको हो।

यसैबीच नेपाली कांग्रेस पदाधिकारीबाट समानुपातिक बन्दसूचीमा सहमहामन्त्री भीष्मराज आङ्देम्बेमात्रै सिफारिस भएका छन्। यसअघि समानुपातिकबाट सांसद भइसकेकाहरू यसपटक कोही पनि समावेश नगरिएकाे कांग्रेसले जनाएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *