निर्वाचन प्रक्रिया रोक्न माग गर्दै आयोगभित्र नाराबाजी
काठमाडौं । निर्वाचन प्रक्रिया बन्द गर्नुपर्ने माग गर्दै युवाहरूको एक समूहले निर्वाचन आयोग परिसरभित्रै प्रदर्शन गरेका छन्।
जेनजी आन्दोलनको माग निर्वाचन नभएको भन्दै उनीहरूले निर्वाचन प्रक्रिया बन्द गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरूले जेनजीको माग पूरा गर, हत्यारालाई कारवाही गर, निर्वाचन प्रक्रिया बन्द गर, प्रधानमन्त्री राजीनामा दे लगायतका नारावाजी गरेका थिए।
आयोग परिसरभित्रै प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई बाहिर निकालेको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment