कति राजनीतिक दलले बुझाए समानुपातिकको बन्दसूची?
काठमाडौं । निर्वाचन आयोगमा १५ राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको उमेदवारको बन्दसूची बुझाएका छन्।
नेमकिपा, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल), गतिशील लोकतान्त्रिक पार्टी, जसपा नेपाल, समावेशी समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी नेपालले सूची बुझाएका छन्।
यस्तै नेपाल जनता संरक्षण पार्टी, नागरिक शक्ति नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेसनल अर्गनाइजेसन र उन्नत लोकतन्त्र पार्टीले बन्दसूची बुझाएको आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
२१ फागुनका लागि तय गरिएको समानुपातिकतर्फको बन्दसूची बुझाउने आज राति १२ बजेसम्म अन्तिम मिति रहेको छ। १२ बजेभित्र आयोग प्रवेश गरिसकेकाहरूले बन्दसूची बुझाउन सक्ने आयोगले जनाएको छ।
अहिलेसम्म समानुपातिक बन्दसूचीमा दर्ताका लागि ५५ दलले धरौटी बुझाइसकेको समेत आयोगले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment