कांग्रेस केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि २५ लाख सहयोग

डिसी नेपाल
१४ पुष २०८२ २२:००
108
Shares

काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले कांग्रेस केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि रु २५ लाख आर्थिक सहयोग गरेको छ।

एसोसिएसनले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कार्यालयको भवन पुनर्निर्माणका लागि उठाइएको रकम आज यहाँ कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठलाई हस्तान्तरण गरिएको एसोसिएसनका अध्यक्ष दीपक थापाले जानकारी दिए।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहयोगका लागि एसोसिएसनलाई धन्यवाद दिए।

सहयोग हस्तान्तरण कार्यक्रममा एसोसिएसन अध्यक्ष थापा, नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष भूवनसिंह गुरुङ, महासचिव महेशकुमार बस्नेतलगायतको उपस्थिति रहेको थियो।

जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको कार्यालयको हाल मर्मत भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.