पत्रकार गिरप्तारीको विरुद्ध काँग्रेसद्वारा भत्सर्ना, रिहाइको माग

डिसी नेपाल
३० भदौ २०७६ १७:१६

काठमाडौं । सरकारी संचार माध्यममा डोटीमा कार्यरत ३ जना पत्रकारलाई पदमुक्त गरिएको घटनाका विरुद्ध आवाज उठाइरहेका नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनका साथीहरुलाई केही बेर अघि गरिएको गिरफ्तारीको नेपाली कांग्रेस भत्र्सना गरेको छ।

सोमबार नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति निकाल्दै पत्रकार रामप्रसाद दाहाल, अजयवावु शिवाकोटी, जन्मदेव जैसी, यम विरही, दिलिप पौडेल, मीन बम, चक्र कुँवर, प्रकाश बम र योगेन्द्र बलायरलाई तत्काल रिहाईको माग गरेको छ।

रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत पत्रकार प्रकाश बम, सुनिता रावल र चक्र कुँवरलाई विना कारण बर्खास्त गरेको भन्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन्। बर्खास्तीमा परेका पत्रकारलाई यथाशीघ्र काममा वहाली गर्न नेपाली कांग्रेस सरकारसँग माग गरेको विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘मंगलबार बेलुकी मात्रै सम्माननीय प्रधानमन्त्रीज्यूलाई डोटीको प्रकरणका बारेमा समेत ध्यानाकर्षण गराइएको थियो। यसबारे यथाशीघ्र निर्णयमा पुग्न नेपाली कांग्रेस सरकारलाई सार्वजनिक रुपले सचेत गराउन चाहन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *