सौर्य ऊर्जालाई प्राथमिकता दिएर नयाँ मापदण्ड तयार हुँदैछ : कुलमान घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सौर्य ऊर्जालाई प्राथमिकता दिएर नयाँ मापदण्ड र कार्यविधि तयार गरेको बताएका छन्।
मंगलबार काठमाडौंमा नेपाल सौर्य विधुत उत्पादक संघको २५ औं साधारणसभा उद्घाटन गर्दै मन्त्री घिसिङले सिंचाइका नहरहरुमा पनि सौर्य ऊर्जा राख्न सकिने गरि नयाँ मापदण्ड र कार्यविधि तयार गरेको र स्वीकृतिको चरणमा रहेको बताएका हुन्।
मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेपछि निजी क्षेत्रलाई सहभागी गराएर सिंचाइका नहरहरूमा सौर्य विद्युत् उत्पादन गर्ने गरेर प्रक्रिया अगाडी बढाउने उनले बताए।
त्यस्तै मन्त्री घिसिङले भारतसंग भएको विद्युत् खरिद सम्झौताका बारेमा भएका टिकाटिप्पणीप्रति असन्तुष्टि जनाए। विद्युत् ट्रेडिङलाई नबुझ्ने तर आफूहरूलाई विज्ञ सम्झने केहि नेता र पत्रकारले विद्युत् सस्तोमा बेच्यो, महंगोमा किन्यो भन्दै आरोप लगाउने गरेको उहानले बताए।
विद्युत् खरिदका विषयमा गलत तवरले चर्चा चल्ने गरेको उल्लेख गर्दै घिसिङले यसले नेपालको विद्युत व्यापारलाई सपोर्ट नगर्ने बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment