‘विशेष महाधिवेशनको तयारी तिब्र, निधिमाथिको दुव्र्यवहार कार्यकर्ताको भावना’

डिसी नेपाल
२२ पुष २०८२ १८:०३
580
Shares

काठमाडौं। नेपाल कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरुले तयारी तीव्र भइरहेको र प्रतिनिधिहरुलाई काठमाडौं आउनका लागि आब्हान गरेका छन्

विशेष महाधिवेशन पक्षधरले अनामनगरस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै सो बारे जानकारी दिएका हुन् महाधिवेशनको लागि विभिन्न १८ वटा समिति बनाएको नेता सुवास पोखरेलले जानकारी दिए

उनले विशेष महाधिवेशनमा भाग लिनको लागि काठमाडौ आउन महाधिवेशन प्रतिनिधिलाई आग्रह पनि गरे महाधिवेशन भृकुटीमण्डपमा पुस २७ र २८ गते गर्नेगरी तयारी गरिएको उनले बताए

पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले महाधिवेशनमा देशभरबाट उत्साहजनक उपस्थिति हुने दाबी गरे

हाल स्वसेवक परिचालन समितिदेखि मिडिया व्यवस्थापनको समितिको पनि व्यवस्था हुदैँछ विशेष महाधिवेशन भनेको विधानको रक्षा गर्नको लागि हो संविधानमा समस्या आयो भने जसरी राजनीतिक दलहरुले आफ्नो ठाँउबाट भूमिका खेल्नुपर्छ त्यसैगरि काङ्ग्रेसको विधानमा रहेको व्यवस्थामा टेकेर यो महाधिवेशनको माग हो र विधानको रक्षापनि हो,’ शिवाकोटीले भने

यता, मंगलबार नै पार्टी कार्यालयमा पूर्वउपसभापति विमलेन्द्र निधीमाथि भएको दुव्र्यवहार कार्यकर्ताको अन्तरआत्माको भावना भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो तर उक्त घटनाको जिम्मेवारी आफूहरुले नलिने पनि बताइयो

कार्यकर्ताहरुले कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन गएका नेता निधीलाई बाटो छेकेर दुव्र्यवहार गरेका थिए तर नेता पोखरेलले उक्त घटना स्वतः स्फुर्त भएको र आफूहरुले त्यस्तो गतिविधि नगर्ने पनि दाबी गरे

तर उक्त घटनामा आफूहरुको संलग्नता नरहेको विशेष महाधिवशेन पक्षधरका नेताहरुको दाबी छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.