राष्ट्रियसभा निर्वाचनका लागि अन्य दलसँग तालमेलको सहमति भएको छैन : प्रचण्ड

डिसी नेपाल
२२ पुष २०८२ १८:४८
24
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमति नभएको दाबी गरेका छन्।

मंगलबार पार्टी कार्यालय पेरिसडाडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले राष्ट्रियसभामा तीन वटा सिट लिने गरि अन्य दलसँग तालमेल गर्ने सहमति नभएको दाबी गरेका हुन्। उनले राष्ट्रियसभामा आफ्नो दलको मतभार अनुसार नै सिट पाउने अधिकार नेकपाको भएको उल्लेख गरे।

त्यस्तै प्रचण्डले आगामी निर्वाचनमा कांग्रेस र एमालेसंग गठबन्धन नहुने स्पष्ट पारे। रवि लामिछानेलाई आफूले अप्ठेरो अवस्थामा पनि साथ दिएको र आफ्नै मन्त्रिपरिषद्मा पनि दुई पटक गृहमन्त्री बनाएको भन्दै प्रचण्डले रवि र बालेनबीचको गठबन्धनबाट डराउनुपर्ने अवस्था नरहेको बताए।

प्रचण्डले पार्टीको एकतापछि प्रवासको एकतासभाका लागि भारत भएको भन्दै भारतमा भएको भेटघाट औपचारिक नभएको धारणा राखे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *