विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन कांग्रेसको अनुरोध, महामन्त्री थापाको आपत्ति
काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको छ। बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका प्रतिनिधिहरूलाई उक्त आग्रह गरेको हो।
हस्ताक्षर फिर्ता लिने निर्णयमा महामन्त्री गगन थापा र नेता फरमुल्ला मन्सुरले असहमति जनाएका थिए।
बैठकले विशेष महाधिवेशनका लागि आह्वान नभएको भन्दै मुख्यमन्त्री कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिलाई पार्टीले अपनत्व लिने निर्णयसमेत गरेको छ।
आजको बैठकमा विशेष महाधिवेशन पक्षका अर्का महामन्त्री विश्वप्रकाश शर्मा उपस्थित थिएनन्।
तर, बैठकमा सहभागी महामन्त्री थापाले भने सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै कांग्रेसले नीति र नेता दुवै फेर्नु पर्ने धारणा राखेका थिए।
उनले छिटो अधिवेशन गर्न सकिन्छ भने मंसिरभित्रै गर्न प्रस्तावसमेत गरेका थिए।


No ads found for this position



डिसी नेपाल
Facebook Comment