कांग्रेस विशेष पक्षधरले भन्यो : ६३ प्रतिशत हस्ताक्षर कट्यो, ७० प्रतिशत पुर्‍याएर देखाइदिन्छौं

डिसी नेपाल
२८ पुष २०८२ १९:३६
380
Shares

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। विशेष महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलले ६३ प्रतिशत हस्ताक्षर कटेको जानकारी दिए।

सोमबार साँझ महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आज हाम्रो चाँही ६.२४ प्रतिशत संख्या बढेको छ। हिजो हाम्रो २६ सय ६२ थियो। त्यसमा ६.२४ भन्दाखेरी ६३ प्रतिशत साथिहरुले आज हस्ताक्षर गरेका छन्। प्रतिनिधि अझै आउने क्रम जारी छ। हामी ७० प्रतिशत पु¥याएर देखाइदिन्छौं।’

यसैगरी नेपाली कांग्रेसको विशेष महाधिवेशनको सोमबारको बन्दसत्र स्थगित भएको छ। विशेष महाधिवेशन मंगलबार (पुस २९) बिहान ९ बजे बन्दसत्र पुनः सुरु हुने उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *