निबर्तमान सांसद बडूले गरे प्रतिनिधिसभाको निर्वाचन नलड्ने घोषणा
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, दार्चुलाका निबर्तमान सांसद तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।
बडू २०४८ सालदेखि दार्चुलाबाट चुनाव लड्दै आएका छन् । उनले २०७९ को निर्वाचन समेत जितेर बिघटित प्रतिनिधि सभामा सांसद थिए । बडूले वक्तव्य जारी गर्दै पार्टीको उम्मेदवार जिताउन लाग्ने प्रतिबद्धता जनाएका छन् ।
बडूलाई दार्चुलाबाट कांग्रेसले उम्मेदवारको लागि एकल नाम सिफारिस गरेको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment