कांग्रेस विशेष महाधिवशेन : प्रतिवेदनमाथि छलफल र सुझाव दिनेक्रम जारी
काठमाडौं। काठमाडौंको भृकुटी मण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द मंगलबार विहानदेखि जारी छ।
सत्रमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माको उपस्थितिमा चार वटा समूहले समूहगत प्रस्तुति गरिसकेका छन्। अहिलेसम्म सुदूरपश्चिम कर्णाली, लुम्बिनी र मधेश प्रदेशको तर्फबाट समूहगत प्रस्तुति भइसकेको हो।
बन्द सत्रमा लुम्बीनीका उपसभापति भुवन श्रेष्ठले तल्लो तहबाटै माथिल्लो तहमा जान पाउनुपर्ने माग गरेका छन्। उनले कांग्रेसमा जहिले पनि माथिल्लो तहबाट मात्र सार्वजनिक पदमा जाने परिपाटी भइरहेको भन्दै त्यसलाई सच्याउनुपर्ने बताएका हुन्।
महामन्त्रीद्वयले पेश गरेको प्रतिवेदनमाथि प्रदेश तथा जिल्लाका पदाधिकारीहरूले आफ्नो सुझाव दिइरहेका छन्। सोही क्रममा मधेश प्रदेशक वीरेन्द्र साह संघीय बजेट जनसंख्याको आधार हुनुपर्ने बताएका छन्।
प्रदेशमा क्लष्टरका आधारमा निर्वाचन प्रणाली हुनुपर्नेमा उनले जोड दिए । पार्टीमा दुई पटक प्रधानमन्त्री भएपछि हुन नपाउने व्यवस्था हुनुपर्ने सुझाव दिएका छन् । मधेस प्रदेशका वीरेन्द्र साहले संघीय बजेट जनसंख्याको आधार हुनुपर्ने बताएका छन्। प्रदेशमा क्लष्टटरको आधारमा निवार्चन प्रणाली हुनुपर्ने उनको भनाइ छ । सुनकोशी मरिन डाइभर्सन तराई सिचाइँका लागि विशेव व्यवस्था हुनुपर्ने उनको भनाइ छ।
पार्टीमा दुई पटक प्रधानमन्त्री भएपछि हुन नपाउने व्यवस्था हुनुपर्ने सुझाव दिएका छन् । पार्टीमा क्रियाशी कम्तीमा १० वर्ष क्रियाशील हुनुर्ने उनको सुझाव छ । पार्टीको तर्फबाट मन्त्री पदमा गएकाहरूको सार्वजनिक सम्पत्ति छानबिन हुनुपर्ने उनको भनाइ छ । पार्टीमा ३३ प्रतिशत महिलाहरू उम्मेदवार बनाउन उनको माग छ । पार्टीबाट कारबाहीमा परेका व्यक्तिलाई कम्तीमा एक वर्ष निलम्बनमा राख्नुपर्ने उनको भनाइ छ ।







डिसी नेपाल








Facebook Comment