‘जनमतले खसी,बोका खरिद विक्री गरेजसरी समानुपातिक सिट बिक्री गरेको छ’

डिसी नेपाल
२९ पुष २०८२ १४:४४
116
Shares

काठमाडौं। जनमत पार्टीकी केन्द्रीय सदस्य एवं खस आर्यको राष्ट्रिय संयोजक लक्ष्मी खड्काले पार्टी अध्यक्ष सिके राउतले समानुपातिक उम्मेदवार छान्दा पैसाको लिएको आरोप लगाएकी छिन्।

मंगलबार पत्रकार सम्मेलन गर्दै उनले जनमतका अध्यक्ष राउतले समानुपातिक सिट करोडभन्दा माथिमा बेचेको आरोप लगाएकी हुन्। उनले जनमतले समानुपातिक सिटलाई खसी बोका खरिद विक्री गरेजसरी बिक्री गरेको टिप्पणी गरिन्।

‘करोडभन्दा माथिको बार्गेनिङ, जातीय सौदाबाजीमा पद बाँडियो। यही आज जनमत पार्टीको राजनीतिक सिद्धान्त बनेको छ। समानुपातिक सदस्यहरुलाई सत्ताको मोह देखाएर पशुजस्तै पैसामा खरिद गरी सत्तामा पुर्याइन्छ,’, उनले भनिन्।

उनले जनमतको समानुपातिकको पहिलो नम्बरमा आफ्नो नाम सिफारिस भएर गएको भएपनि डा.राउतले पैसाको बार्गेनिङ गरेर पहिलो र दोस्रो नम्बरको सिट बेचेको उनको आरोप छ। पैसा माग्न डा.राउतले अरुलाई नै जिम्मेवारी दिने गरेको उनको भनाइ छ।

उनले भनिन्, ‘मेरो नाम पहिलो नम्बरमा सिफारिस भएर गएको थियो। भोलिपल्टको बैठकमा मसँगै पैसाको बार्गेनिङ भयो। मेरो नाम तेस्रो स्थानमा राखेर पहिलो र दोस्रो किनबेच भयो।’

नेतृ खड्कालगायत एक सय २ जना नेता तथा कार्यकर्ताले पार्टीं साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको पनि बताइएको छ। पार्टी परित्याग गर्नेमध्ये २० जना समानुपातिकको बन्दसूचीमा रहेकाहरु छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.