गगन-विश्व समूहले देउवाको राजीनामा मागेपछि जुटेन सहमति

डिसी नेपाल
२९ पुष २०८२ १८:५५
880
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको समूहबीच सहमति नजुट्दा बैठक केहि बेरका लागि स्थगित गरिएको छ। वार्तामा सभापति शेरबहादुर देउवाको राजीनामा मागेपछि बैठक स्थगित भएको हो।

अन्य विषयमा विवाद नदेखिए पनि देउवाको राजीनामाको विषयमा विवाद देखिएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन्।

नेतृत्वले राजीनामा गर्ने वा राजनीति छोड्ने भन्ने महाधिवेशन विशेष पक्षको मागमा कुरा नमिल्दा संवाद रोकिएको हो।

वार्तामा विशेष महाधिवेशनको पक्ष (गगन-विश्व) बाट प्रदीप पौडेल, मधु आचार्य, देवराज चालिसे र गुरुराज घिमिरे सहभागी छन्।

सभापति शेरबहादुर देउवाको पक्षबाट बालकृष्ण खाण र रमेश लेखक सहभागी हुँदा शेखर कोइरालाको समूहबाट सहमहामन्त्री जीवन परियार सहभागी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *