मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ: सञ्चारमन्त्री खरेल

डिसी नेपाल
२९ पुष २०८२ २१:०५
36
Shares

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन खोजेको र त्यो चाँडै हुने बताएका छन्। आज यहाँ ‘इबुकिङनेपाल डटकम’को उद्घाटन गर्दै उनले फागुन २१ गतेको निर्वाचनपछि देशमा परिवर्तन हुने बताए।

मन्त्री खरेलले आगामी निर्वाचनमा राम्रो राजनीतिक दलका राम्रा नेता चयन गर्न सबैलाई आग्रहसमेत गर्नुभएको छ। “यसपटकको निर्वाचनमा स्वतन्त्र, स्वावलम्बी, स्वाभिमानी नेपाली नागरिक भएर राम्रो नेता र नेतृत्व चयन गराँै। कसैले विवेकको आत्मसमर्पण नगराउ। नेपालले परिवर्तन खाजेको छ र नेपाल परिवर्तन हुँदैछ, त्यसमा सबैले योगदान गरौँ”, उनले भने।

मन्त्री खरेलले युवाहरूले नै देशको परिवर्तन गर्ने भन्दै अब कुनै पनि राजनीतिक दलले युवालाई बेवास्ता गरेर अगाडि बढ्ने अवस्था नरहेको बताए। उनले मुलुकलाई समृद्ध बनाउनका लागि पर्यटनलाई आधार बनाउनुपर्ने जोड दिँदै राजनीतिक दलले आफ्नो घोषणा पत्रमा पर्यटन प्रवर्द्धन गर्ने उल्लेख गरे पनि काम गर्न भने नसकेको बताए।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले डिजिटल प्रविधिको प्रयोगमार्फत नेपालको पर्यटन सेवामा सकारात्मक योगदान पुग्ने बताए। उनले नेपालको पर्यटन सम्भावना ‘इबुकिङनेपाल डटकम’ ले उजागरण गर्ने विश्वास व्यक्त गरे।

इबुकिङनेपाल डटकम प्रालिका सञ्चालक विश्वेश्वर रेग्मीले नेपालमा डिजिटल ट्राभल तथा सेवा बुकिङ प्रणालीलाई प्रभावकारी बनाउने ‘इबुकिङनेपाल डटकम’ सञ्चालन ल्याएको जानकारी दिए। प्रालिका अध्यक्ष डा भूपालमान श्रेष्ठले होटल, ट्राभल, टुर प्याकेज तथा अन्य डिजिटल बुकिङ सेवालाई एउटै प्लेटफर्ममार्फत सहज, सुरक्षित र विश्वसनीय बनाउने लक्ष्य रहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *