माघे संक्रान्ति : मगर समुदायको सांस्कृतिक र्याली (तस्बिर)
काठमाडाैं। माघे सकराती पर्वका अवसरमा काठमाडौंमा बसोबास गर्दै आएका मगर समुदायले सांस्कृतिक र्याली निकालेका छन्।
नेपाल मगर संघ केन्द्रीय समितिको आयोजना र बिभिन्न संघसंस्थाको सहभागीतामा बिहीबार मगर समूदायले काठमाडौंको भृकुटीमण्डपबाट टुँडिखेलसम्म सांस्कृतिक र्यालीको आयोजना गरेका हुन्।
माघे संक्रान्ति विशेषतः मगर जातिमा चेलिबेटीको चाड हो। संक्रान्तिमा मगर जातिका कुलदेवताको पूजाआजा गरिन्छ। चेलीलाई पुज्न माघे संक्रान्तिकाे दिन बिहान दाजुभाइले नुहाएर खालीपेटमा कुल–कुलायन र पुर्खालाई पूजा गरेपछि दिदीबहिनीलाई टीका लगाइदिएर दानदक्षिणा गरी उपहार दिने चलन छ।
तरुल, फलफूल, सेल, तरकारीलगायतका परिकार मिलाएर बनाइएको उपहारलाई मगर समुदायमा मिश्रा वा निस्रो (उपहार वा प्रसाद) दिने भनिन्छ।
मगर समुदायका मौलिक संस्कृतिहरु नेपाल सरकारको राष्ट्रिय सूचीमा सूचिकृत गराउँदै विश्वव्यापी बनाउने उद्देश्यका साथ मगर संघले टुँडिखेलमा मौलिक सांस्कृतिक राष्ट्रिय महोत्सव समेत आयोजना गरेको छ।
















डिसी नेपाल








Facebook Comment