ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

डिसी नेपाल
१ माघ २०८२ २१:१५
32
Shares
भक्तपुर। यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ। बागमती प्रदेश सरकारको रु पाँच करोड र भक्तपुर नगरपालिकाको रु छ करोड गरी कूल ११ करोड लागतमा मेसिन जडान गरिएको हो।
भक्तपुर नगरपालिकाद्वारा च्यामासिंहमा सञ्चालित ख्वप अस्पतालमा आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले सिटीस्क्यान सेवाको उद्घाटन गरे।
नगर प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनील प्रजापतिले नगरवासीका लागि सहज र गुणस्तरीय सेवा विस्तार गर्ने लक्ष्यका साथ सञ्चालनमा ल्याएको सिटीस्क्यान सेवाले अब महँगो शुल्क तिरेर निजी अस्पतालमा जानुपर्ने बाध्यता अन्त्य भएको बताए।
अस्पतालमा अत्याधुनिक १२८ स्लाइसदेखि २५६ स्लाइस फोटो खिच्ने क्षमताको सिटीस्क्यान मेसिन सञ्चालनमा ल्याएको अस्पतालका निमित्त निर्देशक डा मजेस प्रताप मल्लले बताए।

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *