नेपाल प्रहरी जनपदतर्फका ११ एसएसपीको सरुवा
काठमाडौं। नेपाल प्रहरीको जनपदतर्फका ११ जना एसएसपी (वरिष्ठ उपरीक्षक)को सरुवा भएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले शनिबार उनीहरूलाई सरुवा गरेको जानकारी दिएको हो। यसैगरी हालै बढुवा भएका हालै बढुवा भएका १० एसएसपीको पदस्थापन समेत भएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रमेश कुमार बस्नेतलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा रानीपोखरीमा सरुवा गरिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा भने सन्तोष खड्कालाई पठाइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत सोमेन्द्र सिंह राठोरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा कार्यरत वसन्त रजौरेलाई विमानस्थलमा सरुवा गरिएको छ।









डिसी नेपाल








Facebook Comment