ओखलढुंगामा अस्मिता थापालाई एकमत भएर जिताउन नेता यज्ञराज सुनुवारको अपिल

डिसी नेपाल
९ माघ २०८२ १०:१०
344
Shares

काठमाडौं। यतिबेला मुलुक निर्वाचनमा होमिएको छ। सबै जसो दल एक्ला एक्लै चुनावमा होमिएका छन्। जेनजी आन्दोलनपछि हुन लागेको चुनावमा दलहरुले युवालाई प्राथमिकतामा राखेको छ।

यसैबीच नेकपा एमालेले ओखलढुंगा जिल्लामा पहिलो पटक जेनजी तथा महिला उम्मदवारलाई टिकट दिएपछि सबैको ध्यान त्यसतर्फ केन्द्रित भएको छ। एमालेले जिल्लामै पहिलो पटक महिलालाई उम्मेदवार बनाएको हो।

एमालेले अस्मिता थापालाई टिकट दिएपछि यतिबेला जिल्लाको चुनावी माहोल तातेको छ। मंगलबार मनोनयन गर्दा गरेपछि ओखलढुंगाका एमालेजन आफ्ना उम्मेदवारलाई जिताउन चुनावी अभियानमा होमिएका छन्। त्यसको नेतृत्व जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य यज्ञराज सुनुवारले गरेका छन्।

उनले यो पटक एमालेको जित सुनिश्चित भएको भन्दै सबैलाई एकजुट भएर आफ्ना उम्मेदवारलाई विजयी बनाउन अपिलसमेत गरेका छन्। नेता सुनुवारले सुनुवारले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको लागि ओखलढुंगामा पार्टीले योग्य र सक्षम महिला नेतृ थापालाई उम्मेदवार बनाएको भन्दै भारी मतले विजयी गराउन अपिल गरेका हुन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडिओ अपिल जारी गर्दै सुनुवारले पार्टीका नेता तथा कार्यकर्ता, अध्यक्ष केपी शर्मा ओलीलगायतका नेतृत्व पँक्तिले युवा पुस्तालाई अघि बढाउने भनेर नै अस्मितालाई उम्मेदवार बनाएको दाबी गर्दै सिंगो जिल्लाका पार्टी कमिटी र पँक्तिलाई थापालाई जिताउनको लागि सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।

जिल्लामा आफूले पनि नेतृत्वलाई अनुरोध गरेर नवपुस्तालाई नै प्रतिनिधिसभाको निर्वाचनमा अवसर दिनुपर्छ भनेको सुनुवारले स्पष्ट पारेका छन्। उनले अस्मिता केवल महिला र नवयुवामात्र नभएर एक सशक्त र होनहार उम्मेदवार रहेको बताए।

उनले एमालेले अस्मिताको योगदानको मूल्यांकन गरेर नै उपयुक्त उम्मेदवारको रुपमा अघि बढाएको बताए। अहिले निर्वाचनको प्रचारप्रसारको क्रममा एमालेको पक्षमा व्यापक जनलहरसमेत देखिएको उनको दाबी छ। पार्टीका नेता तथा कार्यकर्तालाई दायाँबायाँ नसोचिकन थापालाई विजयी बनाउनको लागि सक्रिय भूमिका खेल्न पनि उनले अनुरोध गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.