बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिए
काठमाडौं। गोरखा-२ मा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन्।
विभिन्न व्यक्ति र दलहरूको आग्रहपछि आफूले उम्मेदवारी फिर्ता लिने निर्णय लिएको उनको भनाइ छ। उम्मेदवारी फिर्ता लिएपछि उनले देशले आवश्यक ठानेको व्यक्तिलाई आगामी निर्वाचनमा सघाउने प्रतिबद्धता जनाएका छन् । उनले आफू निरन्तर जनताको सेवामा लागिरहने बताए।
उम्मेदवारी फिर्ता लिएपछि अब उनले कसलाई समर्थन गर्छन् भन्ने स्पष्ट छैन। भट्टराईलाई आफ्ना पुराना सहयात्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए।
पछि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यस्तै आग्रह गरेको थियो। गोरखा २ मा नेकपाले अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष लेखनाथ न्यौपानेलाई उठाएको छ। यस्तै रास्वपाले महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment