अज्ञानी मानिस भगवानलाई बाहिर खोज्छन्, जबकि परमात्माको वास हाम्रो मनमा हुन्छ

डिसी नेपाल
१ असोज २०७६ ८:२३

काठमाडौं। पुरानो लोक कथाका अनुसरा एक सन्तसँग बहुमूल्य हिरा थियो। सन्त जंगलमा एउटा सानो आश्रममा एक्लै बस्थे। उनी दैनिक गाउँमा गएर भिक्षा मागेर आफ्नो जीवन यापन गर्दै आएका थिए। एक दिन त्यो क्षेत्रको चोरले सन्तसँग हिरा भएको कुरा थाहा पायो। चोरेले सन्त सँग भएको हिरा चोर्ने योजना बनाउन थाल्यो। चोरले सन्तलाई कुनै कष्ट नदिइ हिरा प्राप्त गर्न चाहन्थ्यो। त्यसका लागि चोरेले निकै कोशिश गर्यो, तर हिरा प्राप्त गर्न सकेन।

एक दिन चोरले साधुको भेषमा सन्तको आश्रममा गयो र भन्यो –गुरुजी मलाइ तपाईँको शिष्य बनाउनुस्। म तपाईँसँग बसेर ज्ञान प्राप्त गर्न चाहन्छु।’

सन्तले चोरको कुरा माने र उसलाई शिष्य बनाए। अब चोर शिष्यको रुपमा सन्तको आश्रममा बस्न थाल्यो। सन्त केही कामले आश्रम बाहिर जाँदा शिष्यको भेषमा रहेको चोरले हिरा खोज्न थाल्थ्यो।

निकै दिन कोशिश गर्दा पनि उसले हिरा फेला पार्न सकेन। एक दिन उसले सन्तसँग भन्यो–गुरुजी म कुनै साधु होइन। म एक चोर हो। मतपाईँसँग भएको हिरा चोराउन आएको हुँ। तर धेरै कोशिश गर्दा पनि हिरा फेला पार्न सकिन।’

सन्तले भने–यसलाई यति सानो कुरा थियो भने पहिला नै बताएको भए हिरा दिन्थेँ नी। म जहिले पनि बाहिर जाँदा हिरा तिम्रो ओछ्यान मुनी राखेर जान्थेँ। तिमीले आश्रमको सबै ठाउँमा हिरा खोज्यौ तर आफ्नो ओछ्यानमा ध्यान दिएनौं। हामी भगवानलाई बाहिर खोज्छौं तर भगवान हामीभित्रै निवास गर्छन्।’

भगवानलाई कसैले पनि बाहिर खोज्न सक्दैन। भगवान प्राप्तिका लागि आफ्नो मनलाई पवित्र राख्नुपर्छ। सबै नराम्रो काम र इच्छालाई त्याग गर्नुपर्छ। जब मन पवित्र हुन्छ तब भगवान प्राप्ति संभव हुन्छ। सन्तको यस्तो कुरा सुनेर चोरको हृदय परिवर्तन भयो र उ चोर्ने काम छोडेर सन्तको शिष्य बन्यो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *