सुशासन प्रवर्द्धनका लागि प्रशासनिक नेतृत्व जिम्मेवार हुनुपर्छ : मुख्यसचिव अर्याल

डिसी नेपाल
१४ माघ २०८२ २१:१७
4
Shares

पाटन (ललितपुर) । मुख्यसचिव सुमनराज अर्यालले मुलुकको सुशासन प्रवर्द्धनका लागि प्रशासनिक नेतृत्व गर्ने व्यक्ति जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा आज जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)मा ‘सुशासनको मार्गचित्र’ तयार गर्न आयोजित कार्यशालालाई सम्बोधन गर्दै मुख्यसचिव अर्यालले सेवा प्रवाह समयमा नहुँदा मानिसले ज्यानै गुमाउनु परिरहेको अवस्थाको उदाहरण दिँदै सामान्य कुरामा सुधार गरेर पनि सुशासन कायम गर्न सकिने बताए।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रामशरण पुडासैनीले विकासको गति र सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा सुशासन कायम गर्न समस्या स्वीकार गरेर सुधार गर्नुपर्ने बताए।

नेपाल सरकारका सबै सचिव र काठमाडौं उपत्यकामा रहेका सहसचिवको सहभागितामा रहेको सो कार्यक्रममा सेवा प्रवाहमा गर्नुपर्ने सुधार, कर्मचारीले सुधार गर्नुपर्ने आचरण र झञ्झट निवारणका लागि गर्न सकिने प्रयासका बारेमा समूहगत रुपमा छलफल गरी विषयगत मन्त्रालय र कार्यालयले गर्नुपर्ने सुधारको निष्कर्ष निकालिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *