नालापानी युद्धका वीर सुवेदार दयाराम खड्काको योगदानबारे संसदीय समितिमा छलफल
काठमाडौं। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा नालापानी युद्धका वीर सुवेदार दयाराम खड्काको योगदानबारे छलफल भएको छ। बैठकमा इतिहासविद् श्रीरामप्रसाद उपाध्यायले पाठ्यक्रममा सुवेदार दयाराम खड्काको योगदान समेटिनुपर्ने आवश्यकता औँल्याएका छन्।
उपाध्यायले सुवेदार दयाराम खड्काको नाममा वृत्तचित्र निर्माण गर्नुपर्ने साथै नेपाल टेलिभिजन, रेडियो तथा विभिन्न पत्रपत्रिकामार्फत राष्ट्रिय विभूति दयाराम खड्काबारे वार्ता र लेख प्रकाशित गर्नुपर्नेमा जोड दिएका छन्।
उनले राष्ट्रिय विभूति दयाराम खड्काको नाममा छात्रवृत्ति स्थापना गर्न शिक्षा मन्त्रालयले विश्वविद्यालयहरूलाई पत्राचार गर्नुपर्ने तथा जन्मजयन्तीको अवसरमा जेहेनदार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुपर्ने सुझाव पनि दिएका छन्।
उनले भने, ‘पाठ्यक्रमहरुमा सुवेदार दयाराम खड्काको बारेमा लेख्नुपर्छ। उनको नाममा वृत्तचित्र बनाउनुपर्छ। नेपाल टेलिभिजन, रेडियो र समाचार पत्रपत्रिका मार्फत राष्ट्रिय विभूति समिति वार्ता र लेख लेख्न आवश्यक छ। राष्ट्रिय विभूति दयाराम खड्काको नाममा छात्रवृत्ति डोनेशन गर्न शिक्षा मन्त्रालयले विश्वविद्यालयहरूलाई पत्र लेख्ने तथा राष्ट्रिय विभूति दयाराम खड्काको जन्मजयन्तीको अवसरमा जेहेनदार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्नुपर्ने छ। यस्तो गर्याे भने हाम्रो देशको गौरव पनि बढ्छ।’
यसैगरी समितिका सभापति मायाप्रसाद शर्माले सुवेदार दयाराम खड्काको विषयमा औपचारिक छलफलको सुरुवात भएको जानकारी दिएका छन्। उनले ऐतिहासिक व्यक्तित्वको योगदानलाई राज्यस्तरबाट उचित सम्मान दिन आवश्यक रहेको बताए। समितिले यस विषयमा थप छलफल गरी ठोस निर्णयमा पुग्ने तयारी गरेको जनाएको छ।







डिसी नेपाल








Facebook Comment