निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्न स्थानीय प्रशासनलाई गृहमन्त्री अर्यालको निर्देशन

डिसी नेपाल
१७ माघ २०८२ २१:४३
40
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व र निर्वाचनको अवधिमा स्थानीय जनप्रतिनिधिसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तथा जिल्लाको समग्र वस्तुस्थितिबारे जानकारी लिन आज काभ्रेपलाञ्चोकको धुलिखेल पुगेका मन्त्री अर्यालले मन्त्रालयले जारी गरेको निर्वाचनमा समन्वय र सहकार्य अभिवृद्धि गर्नेसम्बन्धी अवधारणा कार्यान्वन गर्न प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन दिए।

उनले निर्वाचन तयारीबारे काभ्रेपलाञ्चोकका मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेसँग जानकारी लिएका थिए। त्यसक्रममा काभ्रेका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका पदाधिकारीले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी गराएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *