चाबहिल सडकमा गुडेको ह्विलचेयर… (भिडियो)

डिसी नेपाल
१ असोज २०७६ १३:४६
16
Shares

काठमाडौं । चाबहिल चोकबाटै सुरु हुन्छ चौतर्फी भिडभाड र जामको सास्ती। गौशालातर्फ जानुस् जाम, जोरपाटीतर्फ लाग्नुस् झनै जाम। खाल्डै खाल्डो, उवडखावड र हिलाम्य यो सडकमा यात्रा गर्नु कुनै सजाय भन्दा कम छैन। राज्यलाई कर तिरेका नागरिक दिनदिनै यहाँ सजाय भुक्तान गरिरहेका हुन्छन्। यस्तो भैसक्यो कि सजाय पनि अब त सजाय लाग्न छाडिसक्यो। आदत नै बनिसक्यो। राज्यसँग गर्ने गुनासोको स्वर नै सुकिसक्यो।

हामी चावहिलतर्फ अगाडि बढ्दै थियौ। नजर सडकमा गुड्दै गरेको ह्विलचेयरमा गएर ठोक्कियो।

एकजना पुरूष महिलालाई ह्विलचेयरमा राखेर हतारहतारमा कुँदाउँदै थिए। सिमसिम पानी परिरहेको थियो। हिलाम्य सडकमा जाममा फसेका गाडीहरू छिचोल्दै र खाल्डाहरू छल्दै त्यो ह्विलचेयर गुडिरहेको थियो। गाडीहरूका पाङ्ग्राले त्यो होचो ह्विलचेयरलाई दायाँबायाँबाट हिलो छ्याप्दै गुडिरहेका थिए। सडकको बीचबीचमा यति ठूला खाल्डा, पोखरी र धरापहरू थिए।

त्यसपछि जे भयो यो भिडियोमा हेर्नुस्


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *