प्रतिनिधि सभा निर्वाचनमा अमिताभ बच्चन उम्मेदवार !

डिसी नेपाल
२० माघ २०८२ ११:५०
3.1k
Shares

काठमाडौं । कहिलेकाहीँ चर्चित व्यक्तिसँग नाम मेल खाँदा त्यो ठूलो चर्चाको विषय बन्न सक्छ । नेपालमा निर्वाचनको माहोल चलिरहँदा पर्सा–२ का एक जना उम्मेदवार अहिले चर्चामा छन् ।

पर्सा २ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवारको नाम बलिउड महानायक अमिताभ बच्चनसँग मिल्दो भएपछि अहिले उनी चर्चामा छन् । उनको पूरा नाम अमिताभ बच्चन दास तत्मा हो ।

उनको यो नाम त उनी जन्मेदेखि नै थियो तर परिवार, छिमेकी, साथीभाइ र आफन्तमाझ मात्रै सीमित थियो । निर्वाचनमा उम्मेदवार भएपछि भने उनको नाम निर्वाचन आयोगको रेकर्डमा प्रतिष्ट भयो, आयोगको वेबसाइटमा प्रकाशित भयो र मिडिया कभरेजका क्रममा मिडियासम्म पनि पुग्यो ।

उम्मेदवार भएसँगै उनको नाम धेरै ठाउँमा आउन थालेपछि उनको नाम पर्साबाहिर पनि उल्लेख हुन थाल्यो । बलिउड महानायकसँग मिल्दो भएकोले उनको नाम धेरैको चासोको विषय बन्दा उनको चर्चा बढेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.