कविता : कृष्ण र कृष्णत्व

शंकरप्रसाद रिजाल
२४ माघ २०८२ ८:०७
24
Shares

कृष्ण मानिस होइन ऊ त एक स्वभाव हो
गुण नै गुणको एक साकार रुप हो
कृष्ण मानिस होइन एक प्रकृति हो
एक निराकार अभिबाज्य प्रेम हो, भक्ति हो

कृष्ण म होइन, कृष्ण लगन हो, एक भाव हो
नाम कुनै बखत मेटन सक्छ तर स्वभाव अमर रहन्छ
कृष्ण कर्म हो, कारक होइन, कृष्ण कर्ता होइन परिणाम हो
कृष्ण नाम होइन पबित्र र अपवित्रको परिसूचक हो

कृष्ण एक बहाब हो जति बग्न सक्छौ बग र बग्दै जाउ
कृष्ण बाहिर होइन कृष्ण भित्रको अलौकिक सुन्दरता हो
कृष्ण मानिसको बिचार होइन जो
सधैं असन्तुलनमा रहिरहेको हुन्छ

कृष्ण अर्जुन होइन कृष्ण निडरता हो, यो भयरहीत छ
यो विभाजित होइन अविभाजित छ, यो पूर्णता हो
कृष्ण लडाकु होइन, कृष्ण विजय हो
कृष्ण वियोग होइन योग हो, यसले सबै जुटाउँछ

कृष्ण प्रेमी होइन प्रेम हो जहाँ प्रेम छ त्यहाँ कृष्ण छ
कृष्ण अभाब होइन भाब हो यही नै कृष्णत्व हो
कृष्ण निद्रा होइन जागरण हो, हरेक पलमा जागरुक बन
कृष्ण अज्ञान होइन ज्ञान हो, प्रज्ञा हो, कृष्ण आनन्द हो

जहाँ आनन्दै आनन्द छ त्यहाँ कृष्ण नै कृष्ण छ
कृष्ण जीवनदेखि भाग्ने होइन जीवनलाई पूर्णता दिइ
जीवनमै तल्लिन हुने हो जीवनमै एकाग्रता ल्याउने हो
खाने बेला अरु बिचार नगर, सुत्ने बेला सुत्ने मात्र गर

भक्तिमा भक्तिमात्र गर, प्रेममा प्रेममात्र, जे गर्दापनि
पूर्ण भाब र लगन दिई गर, कृष्ण कर्म पनि हो र मौनपनि
कृष्ण भित्रपनि छ र बाहिरपनि छ, कृष्णमा हार छैन
जितनै कृष्ण हो, कृष्ण अभाब होइन स्वभाब हो

कृष्ण नै जित हो, विजय हो र समृद्धि पनि
त्यसैले त भन्छन् “योगेश्वर जहाँ कृष्ण धनुश्वान पार्थ
छन् जहाँ, म ठान्छु विजय श्री र भूति संनिती छन् त्यहाँ।

परदेशीको बेदना

नेपाली रोजगारीको लागि बिदेस जान्छन्
रोजीरोटिको लागी बिदेसिन बाध्य छन्
छैन केही घरमा खाने पिउने कुनै कुरा
लत्ताकपडा कुनै छैन लाएका अरुका लुगा

जिन्दगी कसरी बाच्ने भनी बिदेसिनु पर्‍याे
घरमा पत्नी पिता माता छोडी जानुपर्‍याे
गएर एक ठाउँमा कोठामा कोचिनु पर्‍याे
अरुले लाएको काममा बिदेसी भै जिउनुपर्‍याे

कमाएको थोरै रकम घरमा पठाउनु पर्‍याे
बचेको रकमले आफ्नो जीवन धान्नु पर्‍याे
एक्लो घरको छोरो सबैको भर म एक हुँ
पत्नी उनी रुँदै गर्छिन् उनलाई म के भनुँ

पिता माता दुवै बृद्ध अब भई सके उता
पत्नी एकलै सबै गर्छिन् घरको काम उता
दिनभरी तातोमा बसी हात खुट्टा चलाउने
राति घरका सबै सम्झी घुँक्क घुँक्क रोउने

चिन्ने जान्ने कुनै छैनन् बेसाहरा सबैतिर
कहिले घर सम्झेर रुन्छु सम्झी सबै उतैतिर
आँखा मिची मिची रुन्छु अनिद्रा छ रातमा
सम्झी सबैलाई बस्छु म एकलो माझमा

बाहिर झिलीमिली देख्छु हिँड्दिन कतैपनि
पत्नी के गरी बस्लिन् फोटो हेरी जुनैपनि
चिट्ठी पत्र कुनै छैन टाढा टाढा कताकता
एक्लै बिरानो जीवन भोगु म कसरी यता

घर जाउँ कि बसुँ हुन्छ यो मनमा दुविधा
तैपनि मन बाँधेर बसेको छु यतै कता
विदेश भन्नु केही छैन न आफ्नो न अरु कुनै
स्वदेसको घर सम्झिँदा अरु खल्लो जुनै कुनै

नजाउ बिदेसमा कैले राष्ट्र प्रेमीहरु सबै
गरेर आफूले देखाउ पौरखको कुरा खुबै
गरे हिरा फल्छ माटोमा नगरे माटो नै सरी
नगरे के कुरा गर्छौ देस छोडी बिदेसमा झरी।

बिछोडको प्रेम

अब तिमीसँग मिल्न सक्तिन म
तिमी कता कता छौ कता छु म

डालीबाट श्रृंगारको फूल खसिसक्यो
ओइलिइ त्यो फूल धुलमै मैलिसक्यो

अब तिमीसँग मिल्न सक्तिन म
अब तिमीसँग मिल्न सक्तिन म

बसाउ मलाई मनमा त्यो प्रेम खुलेर
जिएको छु तिमीलाई यो भूमिमा कुरेर

पूर्णिमा महिनामा देख्छु चन्द्र रातमा
देख्तिन कुनै दिन तिमीलाई यहाँ बसेर।

भनेकी छौ तिमीले म आउँछु भनी
भुलायौ तिमीले मलाई यो आकास मुनि

आँखा यी मेरा टट्टायी सके पर्खाइमा
डालीबााट फूल खसी सक्यो मुरझायी भुईंमा

रंगिली रातमा तिम्रो रुप यौवन खुलेको
कल्पना भित्रको मनमा कति रुप झुलेको

आउ आकासमा जाउँ हामी दुई साथमा
सुनाउ गीत हाम्रो प्रेम संसारको माझमा

बिछोड नहोस् प्रेम सर्वथा कहिलेपनि
टुसाओस प्रेमको आँकुर जहिलेपनि

सुनुन् संसारले प्रेमको जीवनी कथा
देखुन संसारले प्रेम बिछोडको ब्यथा

भगवान भाग्यमा तिमीले के लेखायौ
दुई प्रेम बीचको प्रसंगलाई किन मेटायौ

के छ मेरो त्यस्तो पापी मनको भुल
त्यो भुलले गर्दा आज भयो सबै धुल

खामोस छ आज सब जमाना
हाम्रो यो प्रेम ग्रन्थ बिछोडको

दुईको मनको धड्कन छ अत्तालिएको
सक्तैनन् कोही हेर्न हाम्रो यो बिछोडको

प्रेमको मोहमा जीवन कति अमूल्य छ
यसको बिछोडमा जीवन कति उजाड छ

जुटौं सबै प्रेममा आपस आपसको मिलनमा
नहोस् प्रेमको बिछोड कसैको यो बर्तवानमा

आज त्यो सूर्यको हेर प्रेम कति छ चन्द्रमाको
चन्द्रमा कहाँ लुक्छिन् त्यो नभ आकासको

बिछोड सूर्यको जस्तै आज प्रेमको बिछोड छ
कहिले चन्द्रसँग भेट होला भनि सूर्यको आश छ

यहाँ एक दर्द छ मनमा प्रेमको बिछोड
त्यहाँ एक कल्पना छ मन भुलाउने रोग

नजाने कहिले हुन्छ हाम्रो प्रेमको मिलन
आकास फोडौं कि जस्तो छ मनभित्र जलन

बिछोडको कथा म कति तिम्लाई सुनाउँ
मनभित्रको दियो प्रेमको म कति जलाउँ

राधा राधा भनि जाउँ कृष्ण जस्तै बनिकन
त्यो धुन प्रेमको मुरली भाँचिनेछ कुनैदिन

भेट्नेछु तिमीलाई आउँछु त्यो परलोकमा
खोज्दै आउनेछु तिमीलाई त्यो स्वर्गलोकमा

मनको बह पोख्दै अगाडि रुन्छु धरधरी
पुछिििदन्छ्यौकी तिमीले आँसु धारा गहभरी

बिछोड नहोस् कहिले हाम्रो अब यो लोकमा
भगवानपनि छक्क परुन् यो हाम्रो प्रेममा

दुबैको प्रेमको दियो बलीरहोस् यो लोकमा
यसैको दर्शन बोकी अरु हिँड्नेछन् पृथ्वीमहाँ।

एकान्त

एकान्तमा जब कहिले तिम्रो याद आउँछ
सागर किनारामा तिम्रो झझल्को आउँछ
अँध्यारो बढ्दै गएको छ सागर बोलाउँछ
बिजुली चम्की रही छाल आगाडि आउँछ।

यो बिजुलीले तिम्रो रात जगाउँछ
मन भरिका कुराले मलाई सताउँछ
आँसु बगाई बस्छु तिम्रो यादमा सधैंभरि
सागर माथि ओइरिन्छ म आउँ कि भनी।

निद्रा छैन यो रातमा आँखा मिची सुस्तछु
तिम्रो यादले सताई आँसु पुछी बस्तछु
बादल पारि लुकेकी छौ मैले नदेख्ने गरी
मेरे यादमा कुरेकी छौ आँखा दुखने गरी।

एकान्त मनको चित्त कति छ छियाछिया
मेरो यादमा अब आँसु नबगाउ हे प्रिया
मेरो मिलन बिछोड भयो मार्ग तिम्रो फरक भई
मेरो हृदय जलन भयो एकान्तमा बसी बसी।

आउ हृदयमा आउ बस शितल निवासमा
छुटायो कसले तिम्रो मेरो यो आवासमा
नफर्की हेर मलाई म हिँडे आफ्नो वियोगमा
छुटोस् मेरो तिम्रो मिलन भलै यो जीवनमा।

वेदको मालिक

वेद परमात्माको अद्वेत बाणी गोपिनी बेदका गरा
जीबन भगवानको लिला बगाउँछन् माखनका धरा

लुकी लुकी मखन चोरी खाने चित्तमा बास गरी
नाचेका छन् सकल मनमा एकै रुप धारण गरी।

सर्ब ज्ञानी वेदको भाषा जानने श्रीकृष्ण बालक
सानैमापनि बिश्व हल्लाउने मेरो कृष्ण चालक

बालक उधम मच्चाउने कृष्ण बन्दे जगत गुरू
सारा विश्वको रुप धर्ने वेद धारण जगत गुरु।

ब्रम्ह मुखमा धर्ने चन्द्र सूर्य निलेसरी
सारा वेद पुराण जान्ने सर्बश्रेष्ठ भएसरी

युद्ध महाभारतको रच्ने युद्धमा अघिसरी
कौरव पाण्डवको युद्धमा अर्जुनभन्दा अघिसरी।

सात समुद्र मुखमा राख्ने चन्द्र सूर्यको लोकमा
के वेद के पुराणादि जे जे छन् यस पृथ्वीमा

कीर्ति यश दिने आमा यशोधराको नाममा
अब के चाहिन्छ अरु चिज उनको स्वकर्ममा।

आमाको पीठमा बोकी दही मथने कर्मको
मनसा बाचा र कर्मको धारा बगाई धर्मको

चारै वेदको भेद आख्यान ज्ञान र दर्शन
सबै कृष्ण बोलीका बाणी हुन्छन् बुझ अर्जुन।

सबै कर्मधर्मका बाणी गीतामा छन् हेर सज्जन
पढी सब गीताको गाथा नबने कोही दुर्जन

जसले पढ्यो गीता सारा बुझ्यो उसले जब
चारै वेदका ज्ञान फल्छ मष्तिस्कमा सब।

डोरी सानो हुँदै जान्छ जति बाँधेपनि कृष्णलाई
भक्तिले बाँध्दै जाउ उनै वेद ब्रम्ह्लाई।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.